नियम २७
औषधि उपचार सुविधा
: चियाबगानमा काम गर्ने कामदार वा कर्मचारीलाई कडा रोग लागी लामो समयसम्म बिरामी परेमा नेपाल सरकारद्धार मान्यता प्राप्त चिकित्सकको सिफारिशमा औषधि उपचार गराउनु पर्ने भएमा त्यस्ता कामदार वा कर्मचारीलाई निजको सेवाको तमाम अवधिभरमा बढीमा दुई महिनाको पारिश्रमिक बराबरको रकम औषधि उपचार सुविधा बापत दिइनेछ ।